३ मंसिर २०८२, बुधवार | पात्रो

नेपालमा बढ्दो पुष्प व्यवसायः नौ अर्ब लगानी, वार्षिक साढे तीन अर्बको कारोबार

द पात्रो संवाददाता ३१ असोज २०८२, शुक्रवार

काठमाडौं। नेपालीहरुको दोस्रो ठूलो चाड तिहार सुरु लागेसँगै फूल किनबेचसमेत बढेको छ। फूल र रङको पर्वको रुपमा रहेको तिहार सुरु भएसँगै फूलको किनबेच बढेको हो।

 

पूजाआजादेखि विवाह, स्वागत, बिदाइदेखि मृत्युपछि समेत प्रयोग हुने फूलखेतीमा पछिल्लो समय नेपाल आत्मनिर्भर हुँदै गएको छ। नेपालमा २०११ सालदेखि सामान्य रुपमा फूलखेती हुँदै आए पनि २०५० सालको दशकपछि भने यसले व्यावसायिक रुप धारणा गरेको हो।

 

पछिल्लो एक दशकयता नेपालमा फूलको व्यावसायिक खेती गर्नेको सङ्ख्या बढ्दो छ। पुष्प व्यवसायबाट मनग्य आम्दानी हुने भएपछि कृषिका अन्य क्षेत्रसँगै पुष्पखेती गर्नेको सङ्ख्या बढ्न थालेको हो। यस्तै, फूलको प्रयोग धेरै हुने भएकाले तिहारलक्षित फूलखेती गर्नेको सङ्ख्या बढ्दै गएको छ। छोटो समयमा पर्याप्त आम्दानी हुने भएकाले तिहारमा प्रयोग हुने सयपत्री र मखमलीको व्यावसायिक खेती हुने गरेको छ।

 

विशेषगरी तिहारमा फूलको व्यापार धेरै हुने गरेको छ। तिहारमा काठमाडौँ उपत्यकाभित्र मात्र ४० लाखभन्दा बढी माला बिक्री हुने गरेको नेपाल फ्लोरिकल्चर एसोसिएसनका अध्यक्ष राजेशभक्त श्रेष्ठ बताछन्। फूलको प्रयोग बढिरहेको नेपालमा नर्सरीदेखि जमिन भाडामा लिएर पुष्प व्यवसाय गर्न थालिएको उनको भनाइ छ। बढ्दो सहरीकरणको विकास तथा विस्तारसँगै सातै प्रदेशका मुख्य सहर तथा देशका ५२ जिल्लामा पुष्पखेती भइरहेको अध्यक्ष श्रेष्ठले जानकारी दिए।

 

“नेपालको वातावारण फूल खेतीका लागि अनुकूल छ”, उनी भन्छन्। देशभरका झण्डै २७० हेक्टर क्षेत्रफलमा पुष्पखेती गरिएको छ। पुष्प व्यवसायमा आठ अर्ब ८३ करोड रुपैयाँ भन्दा बढीको लगानी रहेको र ५३ हजार ५०० व्यक्तिलाई रोजगार प्रदान गरिएको अध्यक्ष श्रेष्ठले बताए।

 

पुष्प व्यवसायको माग र आपूर्तिमा वार्षिक वृद्धिदर १० प्रतिशतभन्दा धेरै रहेको छ। कोरोना महामारीको समयमा पुष्प व्यवसायमा असर गरेको भए पनि विस्तारै पुष्प व्यवसायले गति लिँदै गएको छ। आर्थिक वर्ष २०८०/८१ मा तीन अर्ब ६८ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको थियो। यस्तै २०८१/८२ मा तीन अर्ब ३७ करोडको कारोबार भएको अध्यक्ष श्रेष्ठले जानकारी दिए।

 

भन्सार विभागको तथ्यांकअनुसार आर्थिक वर्ष २०८०/८१ मा पुष्प तथा पुष्पजन्य वस्तुको वार्षिक निर्यात एक करोड दुई लाख १२ हजार रहेकामा आव २०८१/८२ मा बढेर दुई करोड १३ लाख ६० रुपैयाँबराबरको निर्यात भएको थियो। नेपालमा उत्पादन हुने फूल जापान, हङकङ, अमेरिका, अस्ट्रेलिया, कतार, क्यानडा, युएईलगायत मुलुकमा निर्यात हुँदै आएको एसोसिएसनले जनाएको छ।

 

काठमाडौँ महानगरपालिकाले भने यस वर्ष स्वदेशमै उत्पादित फूललाई प्रवद्र्धन गर्ने उद्देश्यले विदेशबाट आयात गरिएको फूललाई प्रतिबन्ध गर्ने निर्णय गरेको छ। महानगरका प्रहरी प्रमुख राजुनाथ पाण्डेले केही दिनअघि पत्रकार सम्मेलन गरेर विदेशबाट आयात गरिएको फूललाई प्रतिबन्ध गर्ने नीति महानगरले लिएको जानकारी दिएका थिए।

लेखकको बारेमा

द पात्रो संवाददाता

पात्रो अपडेट
ट्रेन्डिङ

सम्बन्धित समाचारहरु

जेनजी प्रदर्शनः २२ अर्ब २५ करोड बराबरको बिमा दाबी

४८ प्रतिशत जनसंख्यामा पुग्यो बिमा, प्रिमियम संकलन दुई खर्ब २७ अर्ब

सुनको मुल्य आजपनि बढ्यो, २ लाख ५ हजार ३०० रुपैयाँमा कारोबार

भदौ २९ देखि सुकिला नोट साट्न पाइने, कहाँ कहाँबाट पाइन्छ?

अग्रिम शुल्क लिएर दुई जलविद्युत आयोजना दिने सरकारको तयारी, विभागले माग्यो प्रस्ताव

चिलिमेले ४५ मेगावाटको चुमचेत स्यार खोला आयोजना बनाउने, चार वर्षमा सक्ने योजना

किन कमजाेर हुँदैछ अमेरिकी डलरसामु नेपाली रुपियाँ?

होटल आर्टस् काठमाडौं लिलामी गर्दै वाणिज्य बैंक, न्यूनतम मूल्य ४८ करोड १७ लाख

सुनचाँदीको मूल्य घट्यो, घटेको मूल्य कति ?

अर्थमन्त्री पौडेलको प्रस्तावमा बीमा प्राधिकरणको अध्यक्षमा नियुक्त शरद ओझा पदमुक्त, अरु नियुक्ति पनि विवादित