भदौ २९ देखि सुकिला नोट साट्न पाइने, कहाँ कहाँबाट पाइन्छ?
काठमाडौं । यस वर्षको दसैँका लागि भदौ २९ देखि सफा तथा सुकिला नोट साट्न पाइने भएको छ। नेपाल राष्ट्र बैंकका अनुसार भदौ २९ देखि असोज १० गतेसम्म सफा तथा सुकिला नोट साट्न पाइने भएको हो।
बैंकको मुद्रा व्यवस्थापन विभाग, थापाथली, प्रदेशस्थित कार्यालयहरू विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढीबाट सफा तथा सुकिला नोट साट्न पाइने बताइएको छ ।
साथै इजाजत पत्र प्राप्त बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयहरूबाट पनि सुकिलो नोट सटही गर्ने व्यवस्था मिलाइएको राष्ट्र बैंकले जनाएको छ।


द पात्रो संवाददाता