निर्वाचनलाई प्राथमिकतामा राखेर मात्रै महाधिवेशन: शशांक काेइराला
काठमाडौं । नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक काेइरालाले निर्वाचन अहिलेकाे प्राथिमकता भएकाे बताएका छन् ।
उनले फागुन २१ गतेका लागि निर्वाचन घाेषणा भइसकेकाे अवस्थामा निर्वाचनलाई प्राथमिकतामा राखेर महाधिवेशनमा ध्यान दिनुपर्ने बताए । महाधिवेशनकाे अहिले जारी बहस सहमतिमा टुंगाे लगाउँदै पार्टीलाई एकतावद्द गर्नुपर्नेमा उनकाे जाेड छ ।
संस्थापन पक्षका २५ केन्द्रीय सदस्यले चुनावअघि महाधिवेशनकाे विषय उठाएकाे सन्दर्भमा पूर्वमहामन्त्री काेइरालाले निर्वाचन प्राथमिकताका राखेर अघि बढ्नुपर्ने बताएका छन् ।
कोइरालाले केन्द्रीय समिति बैठकमा पनि सर्वसम्मत पक्ष र विपक्षमा मतभेद सिर्जना गर्नुभन्दा केन्द्रीय समितिबाट सर्वसम्मत निर्णयमा जोड दिएका थिए।
उनले विशेष महाधिवेशन माग गर्नेहरूको भावना समेटेर नियमित महाधिवेशनमा जानुपर्ने बताएका थिए।


द पात्रो संवाददाता