३ मंसिर २०८२, बुधवार | पात्रो

आजदेखि एनपिएल: पहिलो खेलमा जनकपुर र काठमाडौं भिड्दै

द पात्रो संवाददाता १ मंसिर २०८२, सोमवार

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) आज सुरु हुँदैछ। उद्घाटन खेलमा साबिक विजेता जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाजले प्रतिस्पर्धा गर्दैछन्। यो खेल आज दिउँसो ४ बजे सुरु हुनेछ।

 

एनपिएल दोस्रो सिजनका सबै खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा दिउँसो र राति गरेर हुनेछन्। नेपाल क्रिकेट सङ्घ (क्यान)ले यस पटक दैनिक नौ हजार चार सय ५० टिकट बिक्री गर्ने जनाएको छ। पहिलो दिनको खेलको टिकट तीन दिन अगाडि नै बिक्री भइसकेको छ। क्यानका सचिव पारस खड्काले थप दर्शकलाई घरमै बसेर हेर्न अनुरोध गरेका छन्।

 

एनपिएल मङ्सिर १ देखि २७ गतेसम्म सञ्चालन हुने छ। एनपिएलमा लिग चरण, तीन वटा प्लेअफ र फाइनलसहित ३२ खेल हुँदै छन्।

 

 

उद्घाटनसँगै शनिबारका लागि टिकट मूल्य साधारणतर्फ पाँच सय र प्रिमियमतर्फ १५ सय रुपियाँ राखिएको छ। यसैगरी लिग चरण र अन्य दिनको खेलका लागि टिकटको मूल्य पाँच सय र एक हजार तोकिएको छ।

 

प्लेअफपछिका खेलका लागि जनरलतर्फ एक हजार र प्रिमियरतर्फ दुई हजार रुपियाँ राखिएको छ। क्यानले सिजनल टिकटको एकमुस्ट मूल्य १५ हजार रुपियाँ तय गरेको छ।

 

एनपिएलमा साविक विजेता जनकपुरसँगै साविक उपविजेता सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किंग्स, चितवन राइनोज, काठमाण्डु गुर्खाज र लुम्बिनी लायन्स गरेर आठ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्दैछन्।

 

प्रतियोगितामा दोस्रो दिन मंगलबार चितवन राइनोज र कर्णाली याक्सले पहिलो प्रतिस्पर्धा गर्नेछन् भने दोस्रो खेलमा विराटनगर किंग्स र पोखरा एभेन्जर्स भिड्नेछन् ।

लेखकको बारेमा

द पात्रो संवाददाता

पात्रो अपडेट
ट्रेन्डिङ

सम्बन्धित समाचारहरु

एनपीएलमा आज दुई खेल: पहिलो खेलमा चितवन र कर्णाली भिड्दै

विश्वकप छनोट: लक्जमबर्गलाई हराउँदै जर्मनी शीर्ष स्थानमा

चौथो लायन्स कप गर्ल्स फुटसल उपाधि महेन्द्र आदर्श स्कुलको पोल्टामा

हङकङ सिक्सेस: आज अफगानिस्तानसँग प्रतिस्पर्धा गर्दै नेपाल

विश्वकप लिग-२: आज युएईसँग भिड्दै नेपाल

आईसीसी विश्वकप क्रिकेट लिग-२: आज नेपाल र अमेरिका खेल्ने

कीर्तिपुर क्रिकेट रङ्गशालाका गुरुयोजना स्वीकृत, राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना निर्धारण

टी–२० विश्वकप छनाेट: ओमानविरुद्ध नेपालको उत्कृष्ट जित

कतारमाथि नेपालको रोमाञ्चक जित, सन्दीपले लिए ५ विकेट

यूएईविरुद्धको रोमाञ्चक जितसँगै नेपालले क्रिकेटमा बनायो शतक विजयको रेकर्ड