२८ भदौ २०८२, शनिवार | पात्रो

तेह्रथुमका चन्द्रकुबेर खापुङ ७५ हजार बढी प्रहरीको नेतृत्व गर्दै, लगाए दर्ज्यानी चिह्‍न

द पात्रो संवाददाता १९ भदौ २०८२, बिहिवार

काठमाडौं– नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्रकुबेर खापुङलाई दर्ज्यानी चिह्‍न प्रदान गरिएको छ ।

 

गृहसचिव गोकर्णमणि दुवाडीले बिहीबार ३२औँ प्रहरी महानिरीक्षक खापुङलाई दर्ज्यानी चिह्‍न लगाइदिएका हुन् ।

 

खापुङ नेपाल प्रहरीको इतिहासमा आदिवासी लिम्बू समुदायबाट आईजीपी हुने दोस्रा व्यक्ति हुन् ।

 

उनीभन्दा पहिले २००७ सालको क्रान्तिको एक जना कमान्डर ज्ञानबहादुर (जिबी) याङ्थुङ्बा प्रहरी महानिरीक्षक भएका थिए ।

 

उनी पाँचथरको अमरपुरका थिए । खापुङ भने तेह्रथुमको मोराहाङका हुन् ।

 

प्रहरी संगठनभित्र खापुङ इमानदार र कर्तव्यनिष्ठ प्रहरी अधिकृतका रूपमा चिनिन्थे । उनै खापुङको काँधमा अब ७५ हजार बढी प्रहरीको नेतृत्व गर्ने जिम्मेवारी आएको छ ।

 

आईजीपी हुनुअघि उनी नेपाल प्रहरीको महत्वपूर्ण इकाइ केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का निर्देशक थिए । त्यसअघि कोशी प्रदेश प्रहरी प्रमुखको रूपमा पनि उनले जिम्मेवारी सम्हाले । खापुङको आईजीपी कार्यकाल भने छोटो छ । 

लेखकको बारेमा

द पात्रो संवाददाता

पात्रो अपडेट
ट्रेन्डिङ

सम्बन्धित समाचारहरु

प्रतिनिधिसभा विघटन, फागुन २१ गते चुनावको मिति घोषणा

शीतलनिवासमा जुट्यो सहमति: सुशीला कार्कीको आजै ९ बजे शपथ, प्रतिनिधिसभा विघटन हुने

गृह मन्त्रालयको यो नयाँ भवनबाट प्रधानमन्त्री कार्यालय सञ्चालन हुने [फोटो फिचर]

फरार कैदीहरु तत्काल सम्पर्कमा आऊ: नक्खु कारागार प्रशासन

जेनजीको माग सम्बोधन नगरी देश अघि बढ्दैन: गगन थापा

संविधान बमोजिम नै अन्तरिम सरकार गठन हुनुपर्छः आङ्देम्बे

जेनजी प्रदर्शनमा मृत्यु हुनेको संख्या ५१ पुग्यो

सुशीला कार्कीलाई प्रधानमन्त्रीमा सपथको तयारी

अन्तरिम सरकार बनाउन कानुनी जटिलता फुकाउने प्रयास जारी

सेनाले भन्यो– झुटा समाचारमा विश्वास नगर्नुस्